शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो, ४१ जना बेपत्ता

बिहीबार, ०४ कात्तिक २०७८, १७ : १९
बिहीबार, ०४ कात्तिक २०७८

गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो । 
मृतकमा  १ नम्बर प्रदेशका ६० जना, बागमती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १ जना रहेका छन् । 
 
यस्तै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । यसैगरी बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ७७  वटा घर परिवार विस्थापित भएका छन् ।
प्रहरीले प्रभावित क्षेत्रमा उद्दारको कार्य जारी रहेको पनि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप