सुर्खेतमा एमालेको वडा र पालिका अधिवेशन तोकिएको समयमा नहुने
बिहीबार, ०४ कात्तिक २०७८, १६ : २०
सुर्खेतमा नेकपा एमालेको वडा अधिवेशन र पालिका अधिवेशन तोकिएको समयमा नहुने भएको छ। एमाले सुर्खेतले प्राविधिक कारण अधिवेशन गर्न नसकेकाले कार्तिक ९ गते वडा र १५ गते पालिकाको अधिवेशन सारिएको बताएको छ ।
पार्टीले वडा अधिवेशनको लागि कार्तिक ६ र पालिका अधिवेशनको लागि ९ गते समय तोकेको थियो । एमाले जिल्ला अध्यक्ष धुब्रकुमार शाहीका अनुसार जिल्ला कमिटीको बैठक ६ गते बसेर थप निर्णय गरिनेछ ।
यस्तै अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिनिधि तोकिनेछ । पालिका अधिवेशन सम्पन्न गर्न पनि जिल्ला कमिटीले प्रतिनिधि तोकि पठाउने शाहीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण