शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा एमालेको वडा र पालिका अधिवेशन तोकिएको समयमा नहुने

बिहीबार, ०४ कात्तिक २०७८, १६ : २०
बिहीबार, ०४ कात्तिक २०७८

सुर्खेतमा नेकपा एमालेको वडा अधिवेशन र पालिका अधिवेशन तोकिएको समयमा नहुने भएको छ। एमाले सुर्खेतले प्राविधिक कारण अधिवेशन गर्न नसकेकाले कार्तिक ९ गते वडा र १५ गते पालिकाको अधिवेशन सारिएको बताएको छ ।
पार्टीले वडा अधिवेशनको लागि कार्तिक ६ र पालिका अधिवेशनको लागि ९ गते समय तोकेको थियो । एमाले जिल्ला अध्यक्ष धुब्रकुमार शाहीका अनुसार जिल्ला कमिटीको बैठक ६ गते बसेर थप निर्णय गरिनेछ । 
यस्तै अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिनिधि तोकिनेछ । पालिका अधिवेशन सम्पन्न गर्न पनि जिल्ला कमिटीले प्रतिनिधि तोकि पठाउने शाहीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप