शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फर्पिङमा मजदुरको हत्या

बिहीबार, ०४ कात्तिक २०७८, १५ : ५६
बिहीबार, ०४ कात्तिक २०७८

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर–६ स्थित फर्पिङमा मजदुरको हत्या भएको छ । वर्ष ५० का गोदे राईको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जनदत्त भट्टले रातोपाटीलाई बताए ।

विगत ५ वर्षदेखि सो क्षेत्रमा मजदुरी गर्दै आएका राईको शव मंगलबार फर्पिङस्थित हरिकृष्ण श्रेष्ठको गोठको माथिल्लो तलामा फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको छ ।

हत्यामा उनको साथीको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ  । महानगरीय प्रहरी प्रभाग फर्पिङले घटनाबारे अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप