शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रथबाट लडेर बालकको मृत्यु

बिहीबार, ०४ कात्तिक २०७८, १५ : ५०
बिहीबार, ०४ कात्तिक २०७८

सिरहामा रथबाट लडेर एक बालकको मृत्यु भएको छ ।  सिरहा नगरपालिका १२ सारस्वरका मो.इस्लाम राइनका छोरा १० वर्षीय जाहिद राइनको हिजो बेलुका रथबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
रथबाट लडेलगतै रथको पाङ्ग्राले किचेर घाईते राइनलाई तत्काल जिल्ला अस्पताल सिरहामा उपचारको लागि ल्याए पनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । 

प्रहरीले रथ नियन्त्रणमा लिएपनि चालक फरार रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप