१४ अंकले घट्यो नेप्से परिसूचक
बिहीबार, ०४ कात्तिक २०७८, १५ : ४४

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ७७ अंकले घटेर २५१०.७३ बिन्दुमा झरेको बजार बिहीबार थप १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा झर्न पुगेको हो ।
साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन म्युचुअल फण्ड बाहेकका सबैजसो उपसमूह ऋणात्मक भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज म्युचुअल फण्डको उपसूचक ०.४३ प्रतिशतले मात्र बृद्धि भएको छ भने अन्य समूहहरूको सूचक ऋणात्मक भएर राताम्मे नै भएको छ ।
१४ अंक माथिले घटेको बजारमा आज २ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत मंगलबार अधिकतम ७७.३३ अंकले घटेको बजारमा ३ अर्ब ७८ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)
-
अर्शदीपको नाममा नयाँ रेकर्ड