शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा काँग्रेस र एकीकृत समाजवादीले आधा-आधा समय सरकारको नेतृत्व गर्ने

बिहीबार, ०४ कात्तिक २०७८, १५ : २०
बिहीबार, ०४ कात्तिक २०७८

बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।

मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु भएको छ । यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् ।

‘गठबन्धनका शीर्ष नेताहरुबीच काँग्रेस र नेकपा एकीकृत समाजवादीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको र सोहीअनुसार अघि बढ्ने तयारी छ’, नेकपा माओवादी  केन्द्र प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले जानकारी दिए ।

प्रमुख सचेतक माझीका अनुसार पहिला एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप