अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ
बिहीबार, ०४ कात्तिक २०७८, १५ : १६
अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् । अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ ।
“पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,” टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने ।
पक्राउ परेका केही लडाकूसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारहरू समेत बरामद गरिएको उनको भनाई छ । आइएस लडाकूहरुले अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई