बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

बिहीबार, ०४ कात्तिक २०७८, १५ : ०२
बिहीबार, ०४ कात्तिक २०७८

जबरजस्ती करणी मुद्दामा जेल सजायको फैसला सुनाइएका दाङका एक फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा कैद सजाय सुनाइएका घोराही–१० नारायणपुरका ३४ वर्षीय धनबहादुर वली पक्राउ परेका हुन् ।

दाङ जिल्ला अदालतले एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वलीलाई २०६० साल कात्तिक २ गते ७ वर्ष ११ महिना ८ दिन कैद सजायको फैसला सुनाएको थियो । दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार हालसम्म फरार रहेका उनलाई उनकै घर छेउबाट कात्तिक २ गते पक्राउ गरि ४ गते अदालतमा पेश गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप