बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘बुलाकी’ मा नरेनको जोडी सुरक्षा

बिहीबार, ०४ कात्तिक २०७८, १४ : ५३
बिहीबार, ०४ कात्तिक २०७८

लक्ष्मण सुनारको निर्देशन रहने फिल्म ‘बुलाकी’ मा अभिनेता नरेन खड्काको समेत मुख्य भूमिका रहने भएको छ । फिल्ममा अभिनेत्री सुरक्षा पन्तको जोडीको रुपमा उनी देखिन लागेका हुन् । फिल्म कात्तिक दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको अभिनेता नरेन खड्काले बताए । फिल्म मोती बिष्ट र गोपाल बिष्टले मिलेर बनाउन लागेका हुन् ।

नरेन र सुरक्षाको अलवा फिल्ममा विराज बिष्ट, प्रेमदेव गिरी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, अप्सना थापा, सरस्वती खत्री लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । डोल्पाका विभिन्न रमणीय स्थानमा छायाँकन हुने बताइएको फिल्म ‘जारी प्रथा’ को बिषयमा बन्न लागेको हो ।

जारी भन्नाले अर्काकी श्रीमती बिहे गरेपछि पहिलो श्रीमान्लाई दोश्रो श्रीमान्ले तिनुपर्ने क्षतिपूर्ति भन्ने बुझिन्छ । यो प्रथा अझै पनि नेपालका केही विकट स्थानमा रहेको छ । मेक्सिकोमा समेत छायाँकन गर्ने बताइएको फिल्म शिव ढकालले खिच्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप