उद्योग विभागको तीन महिना – ८७ वटा उद्योग दर्ता, १ खर्ब लगानी प्रस्ताव
बिहीबार, ०४ कात्तिक २०७८, १४ : २१

चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ८७ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले दिएको जानकारी अनुसार साउनदेखि असोज महिनासम्ममा स्वदेशी तथा विदेशी गरेर ८७ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगहरुमा कुल १ खर्ब २२ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ । उक्त लगानी प्रस्तावबाट ८ हजार १३४ जनाले रोजगारी पाउने विभागले बताएको छ । यसमध्ये १०७ वटा विदेशी लगानीले स्वीकृती पाएका छन् भने २४ अर्ब रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।
तीन महिनाको अवधिमा प्याटेन्ट दर्ता शून्य रहँदा ५ वटा डिजाइन दर्ता र ९१० वटा टेड्रमार्क दर्ता भएका छन् । यसैगरी, यो अवधिमा १४ वटा प्रारम्भिक वातावरणीय परिक्षण (आईई) सम्पन्न भएको विभागले जानकारी दिएको छ । असोज महिनासम्ममा अर्काको ट्रेडमार्क चोरी गर्ने ५४ फर्म/उद्योगलाई कारबाही गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला