कात्तिक ३० गतेसम्म उद्योग नवीकरणको आवेदन गर्नुपर्ने
बिहीबार, ०४ कात्तिक २०७८, १४ : ०३

अहिलेसम्म नवीकरण हुन नसकेका उद्योगले ३० दिनको समय पाएका छन् । उद्योग विभागले कात्तिक १ देखि ३० गतेसम्ममा म्याद सकिएका स्वदेशी तथा विदेशी उद्योगले नवीकरण गर्न सक्ने भएका हुन् । विभागले भनेको छ, ‘वैशाख १५ गते जारी भएको निषेधाज्ञाको कारण उद्योग विभागबाट प्रदान गरिने सेवा प्रवाहमा आवेदन गर्न नपाएका सेवाग्राहीले ३० दिन भित्रमा आवेदन गर्न सक्छन् ।’
विभागले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ (क) बमोजिम उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप्न समेत आवेदन गर्न सकिने बताएको छ । यसका साथै, विदेशी लगानी स्वीकृत भएको उद्योगले त्यस्तो स्वीकृत रकम भित्र्याई नसकेको भएमा समेत म्याद थप्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण