कात्तिक ३० गतेसम्म उद्योग नवीकरणको आवेदन गर्नुपर्ने
बिहीबार, ०४ कात्तिक २०७८, १४ : ०३
अहिलेसम्म नवीकरण हुन नसकेका उद्योगले ३० दिनको समय पाएका छन् । उद्योग विभागले कात्तिक १ देखि ३० गतेसम्ममा म्याद सकिएका स्वदेशी तथा विदेशी उद्योगले नवीकरण गर्न सक्ने भएका हुन् । विभागले भनेको छ, ‘वैशाख १५ गते जारी भएको निषेधाज्ञाको कारण उद्योग विभागबाट प्रदान गरिने सेवा प्रवाहमा आवेदन गर्न नपाएका सेवाग्राहीले ३० दिन भित्रमा आवेदन गर्न सक्छन् ।’
विभागले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ (क) बमोजिम उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप्न समेत आवेदन गर्न सकिने बताएको छ । यसका साथै, विदेशी लगानी स्वीकृत भएको उद्योगले त्यस्तो स्वीकृत रकम भित्र्याई नसकेको भएमा समेत म्याद थप्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण