तुम्लिङमा हिमपात : फसेका चार विदेशीको उद्धार
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो ।
हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने तीन उनीहरुसँगै गएका नेपाली नागरिक ट्रेकिङ गाडइ छन् । अलपत्र परी उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् ।
हिमपातले तीनदेखि लिमीको तुम्लिङमा अलपत्र परेका स्लोभानियाली तीन पुरुष र एक महिलासहित तीन नेपाली ट्रेकिङगाइडको एयर डाइनेष्टिक हेलिकोप्टरबाट उद्वार गरी सिमकोट ल्याइएको छ । सदरमुकाम सिमकोटबाट लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमीको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङ गाइड अशिम तामाङले जानकारी दिए । लिमीको हल्जीगाउँमा गएर टेलिफोन गरी हेलिकोप्टर बोलाएको उनले बताए ।
यस्तै उनीहरुसँगै तुम्लिङमा फसेका अन्य ६ नेपाली नागरिक आजबाट मौसम सफा रहेकाले पैदलमार्ग भएर खच्चडबाट सिमकोट पुग्ने भएको तामाङले जानकारी दिए । आइतबार रातिदेखिको अविरल वर्षा र हिमपातले तीन दिनदेखि उनीहरु तुम्लिङमा फसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी