शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको उपरथीमा पदोन्नति भएका श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान

बिहीबार, ०४ कात्तिक २०७८, १३ : ०४
बिहीबार, ०४ कात्तिक २०७८

नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी बाबुराम श्रेष्ठलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 
सैनिक मुख्यालयमा आयोजित एक समारोहका बीच उनलाई शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यससँगै श्रेष्ठलाई मध्य कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिको जिम्मेवारी समेत प्रदान गरिएको छ । कात्तिक १ गतेको मन्त्रीपरिषद् बैठकले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप