गरिमा विकास बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’
बिहीबार, ०४ कात्तिक २०७८, १२ : ५५
गरिमा विकास बैंकले ‘मेरो सेयर बचत खातामा’ योजना ल्याएको छ । हालै मात्र सार्वजनिक उक्त योजनामा बैंकले वार्षिक बचतमा उच्चतम ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । साथै, यस बचत खाता खोल्ने ग्राहकले निःशुल्क डिम्याट, निःशुल्क डेविट कार्ड, निःशुल्क मोबाइल बैकिङ्ग, निःशुल्क इन्टरनेट बैंक साथै अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
अनलाइन वा नजिकैको शाखा कार्यालय मार्फत बच्चा देखि बृद्ध सबैले मेरो सेयर बचत खाता खोल्न सक्ने र उल्लेखित सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यदि कसैको यसअघि नै डिम्याट खाता रहेको भएता पनि मेरो सेयर बचत खाता खोली उच्चतम ब्याजदर तथा अन्य सुविधाहरु भने लिन सकिने बैंकको भनाइ छ ।
यद्यपि, बैंकले हाल सबै खाले व्यक्तिगत खातामा समान ९.५० प्रतिशत बार्षिक ब्याजदर प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि