शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्राकृतिक विपदबाट भएको क्षतिप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

बिहीबार, ०४ कात्तिक २०७८, १२ : ५०
बिहीबार, ०४ कात्तिक २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेकी छन् । उनले शोक सन्तप्त परिवारमा सहानुभूतिसहित समवेदना समेत प्रकट गरेकी छन् ।

बिहीबार राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले विपद्को यो दुःखद् घडीमा प्रकोप पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरण र बेपत्ता भएकाहरुको खोजी कार्यमा राज्यका संयन्त्रहरुलाई परिचालित गर्ने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्ने विश्वासमेत व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रकोपबाट कृषि क्षेत्र, खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न पनि आग्रह गरेकी छन् । प्रवक्ता आचार्यका अनुसार राष्ट्रपति भण्डारीले प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन पनि आह्वान गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप