शिक्षामन्त्री सीटीईभीटी पुग्दा कर्मचारी लाइनमा !
शिक्षामन्त्री देवेन्द्र पौडेल विहीबार बिहान निरीक्षण भ्रमणका लागि भन्दै सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा पुगे । मन्त्री आउने थाहा पाएका कर्मचारीहरु कामै रोकेर कार्यालय अगाडि नमस्कार गर्दै लाइनमा उभिए । नमस्कार गर्दै लाइनमा उभिएका कर्मचारीहरु हेर्दा पञ्चायतकालको झल्को आउँथ्यो ।
मन्त्रीहरु आफ्नो मातहतका निकायमा निरीक्षण गर्न जानु स्वभाविकै हो । तर, गणतन्त्र आइसक्दा पनि कर्मचारीहरुले पञ्चायतकालमा राजा–महाराजालाई जस्तै भक्ति गरेर लाइनमा उभिनुले नफेरिएको संस्कृतिको झल्को दिएको छ । त्यसो त अहिले पनि सिंहदरबारमा र पुल्चोकस्थित मन्त्री निवासमा फूलको गुच्छा र खादा लिएर मन्त्रीलाई भेट्न जाने भक्तहरूको घुइँचो सकिएको छैन ।
यसै सन्दर्भमा शिक्षामन्त्री पौडेलले सीटीईभीटी भ्रमण गर्ने क्रममा देखिएका केही दृश्यहरु हामीले यहाँ प्रस्तुत गरेका छौं–



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण