शिक्षामन्त्री सीटीईभीटी पुग्दा कर्मचारी लाइनमा !
शिक्षामन्त्री देवेन्द्र पौडेल विहीबार बिहान निरीक्षण भ्रमणका लागि भन्दै सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा पुगे । मन्त्री आउने थाहा पाएका कर्मचारीहरु कामै रोकेर कार्यालय अगाडि नमस्कार गर्दै लाइनमा उभिए । नमस्कार गर्दै लाइनमा उभिएका कर्मचारीहरु हेर्दा पञ्चायतकालको झल्को आउँथ्यो ।
मन्त्रीहरु आफ्नो मातहतका निकायमा निरीक्षण गर्न जानु स्वभाविकै हो । तर, गणतन्त्र आइसक्दा पनि कर्मचारीहरुले पञ्चायतकालमा राजा–महाराजालाई जस्तै भक्ति गरेर लाइनमा उभिनुले नफेरिएको संस्कृतिको झल्को दिएको छ । त्यसो त अहिले पनि सिंहदरबारमा र पुल्चोकस्थित मन्त्री निवासमा फूलको गुच्छा र खादा लिएर मन्त्रीलाई भेट्न जाने भक्तहरूको घुइँचो सकिएको छैन ।
यसै सन्दर्भमा शिक्षामन्त्री पौडेलले सीटीईभीटी भ्रमण गर्ने क्रममा देखिएका केही दृश्यहरु हामीले यहाँ प्रस्तुत गरेका छौं–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
राज्य व्यवस्था समितिमा नेपाली सेना : ‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू