राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकले घटाए निक्षेपको ब्याज
नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९.३६ प्रतिशत ब्याजदर तोकेका छन् । नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेका छन् ।
यसैगरी, नेपाल एसबीआईले ९.४१ तथा नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी समान बैंकले ९.३५ रुपैयाँ ब्याज तोकेका छन् । सनराईज बैंकले ९.०६, सानिमाले ९.०६, प्रभुले ८.५७, राष्ट्रिय वाणिज्यले ८.३६, सिटिजन्सले ८.८, कृषि विकासले ८.८५, तोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने