कम्युनिष्टले जनादेशको अपमान गरेपछि काँग्रेसले मुलुकको नेतृत्व सम्हाल्यो : मन्त्री बडू
कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले कम्युनिस्टले जनादेशको अपमान गरेपछि काँग्रेस सत्तामा पुगेको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दार्चुलाद्वारा बिहीबार पार्टी कार्यालयमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बडुले जनताले कम्युनिष्टहरूलाई पाँच वर्षसम्म मुलुक सञ्चालन गर्ने जिम्मा दिएपनि आपसमै लडेर जनादेशको अपमान गरेको बताए ।
त्यसपछि प्रतिपक्षको भूमिकामा बसेको काँग्रेस जनादेशको सम्मान गर्दै सत्तामा आएको उनले बताए । कम्युनिस्टको आपसी लडाइबाट मुलुकको संविधान नै खतरामा पर्ने देखिएपछि काँग्रेसले मुलुकको नेतृत्व सम्हालेको उनको भनाइ छ ।
वर्तमान सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै मन्त्री बडुले विकास निर्माण, जनअपेक्षाको सम्बोधन र निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारी सरकारको काँधमा रहेको बताए। मुलुकमा स्थायी शान्ति भयो भने मात्रै विकास निर्माणले फड्को मार्ने मन्त्रीले बडूको भनाई थियो ।
जनताले काँग्रेस नेतृत्वको सरकारबाट मात्रै विकास र समृद्धिको आशा गरेको भन्दै आगामी चुनावपछि काँग्रेस पहिलो पार्टी भएर सरकारको नेतृत्व गर्ने निश्चित भएको मन्त्री बडुले ठोकुवा समेत गरे ।
अर्को प्रसंगमा मन्त्री बडुले काँग्रेसको १४ औं महाधिवेशनमा दार्चुला जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिनुपर्नेमा जोड दिए । उनले काँग्रेस सँधै एक ढिक्का भएर जुनसुकै परिस्थितिको पनि सामना गर्न तयार हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान