बाढी पहिरोबाट ९२ जनाको मृत्यु, ४२ जना सम्पर्कविहीन

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ९२ पुगेको छ । असोज ३१ देखि शुरु भएको वर्षाका कारण ९२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी र पहिरोका कारण ४२ जना सम्पर्कविहीन भएका छन् । वर्षाका कारण प्रदेश–१ मा मात्रै ५३ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३० जनाको मृत्यु पुष्टि भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।
बुधवार जुम्लाको हिमा गाउँपालिका–६ मा खोला तर्दा २८ वर्षीय रत्ना शाही बगेर बेपत्ता भएकी छिन् । मोरङको विराटनगर महानगरपालिका–१२ स्थित नालीमा ३६ वर्षीय इशान भुजेलको शव फेला परेको छ । सुनसरीको धरान उपमहानगरपालिका–६ लिम्बुचौर खोलामा दाउरा टिप्न गएका एकजनाको मृत्यु भएको छ । धरान–११ बस्ने वर्ष ४५ का झगेन्द्र राई धरान उपमहानगरपािलका–२० स्थित खैरे खोलामा मृत अवस्थामा फेला परेका छन् ।
ईंटहरी उपमहानगर–५ बस्ने वर्ष ७२ को चन्द्रप्रसाद काफ्ले विराट चोकबाट घरतर्फ फर्कने क्रममा शिवालय मन्दिर छेउको खोल्सीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ । लुम्बिनी र बागमतीमा एक–एक जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित