सोसल मिडिया स्टारले लाइभमै पिइन् कीटनाशक, फलोअर्सले उक्साउँदा ज्यान गएको आरोप

एक सोसल मिडिया इन्फ्लूएन्सरले लाइभ स्ट्रिमका बेला कीटनाशक सेवन गर्दा मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । २५ वर्षीया लु जियो माओ माओ जीलाई गत अक्टोबर १४ तारिख, बिहिबार कीटनाशक सेवनपश्चात् अस्पताल लगिएको थियो ।
उनको भोलिपल्ट मृत्यु भएको उनको परिवारले चिनियाँ मिडिया ‘द पेपर’ लाई जानकारी दिए । सोसल मिडिया डोउयिनमा उनको अन्तिम भिडियोमा आफ्ना ६,७०,००० फलोअर्सलाई भनिन्, ‘यो सम्भवतः मेरो अन्तिम भिडियो हो किनभने म पछिल्लो लामो समयदेखि डिप्रेशनसँग जुधिरहेकी थिएँ ।’
उनका अनुसार उनी करिब दुई महिना अस्पालतमा समेत बसेकी थिइन् । लुओले थपिन्, ‘यो लाइभस्ट्रिम भिडियो कुनै उत्पादन बिक्रिका लागि विज्ञापन होइन ।’ ‘उनले कीटनाशकको बोतल लिँदा उनका कतिपय फलोअर्सले उनलाई ‘छिटो पिउन’ उक्साइरहेका थिए,’ द ग्लोबल टाइम्सले बताएको छ ।
यद्यपि, कतिले पनि प्रहरीलाई बोलाइदिने पनि बताइरहेका थिए ।
लुओकी साथी बताउने एकजनाले उनले आफ्ना पूर्व प्रेमीको ध्यान खिच्न यस्तो गरेको जानकारी दिँदै ज्यान नै लिने सोच भने उनले नबनाएको स्पष्ट पारिन् ।
उनकी साथीले भनिन्, ‘उनले त्यो कीटनाशक कुनै पेय पदार्थसँग मिसाएर पिएकी थिइन् । उनलाई कसैले उक्साएका कारण उक्त कीटनाशक पिएकी थिइन् । लाइभस्ट्रिम समाप्त भएपछि उनी आफैंले एम्बुलेन्स बोलाएकी थिइन् ।’
स्रोतका अनुसार कीटनाशकको सेवनपश्चात् उनी आफैंले एम्बुलेन्स बोलाएकी थिइन् ।
लुओले आफ्नो सोसल मिडिया अकाउन्टमा कूल ३८ भिडियो प्रकाशित गरेकी छिन् जसमध्ये धेरै फेसनसँग सम्बन्धित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत