शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

बिहीबार, ०४ कात्तिक २०७८, ०६ : ४६
बिहीबार, ०४ कात्तिक २०७८

बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन्। नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन् ।

 ५० घरमा पानी पसेको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता छन् । इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ।

खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। बाढी र पहिरोबाट ४० जिल्ला बढी प्रभावित छन्। नेपाल प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रदेश नम्बर १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन्। 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुर्खेत, कैलाली र इटहरीलाई केन्द्र बनाएर सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार भइरहेको बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप