रोनाल्डोको गोलमा युनाइटेडको उत्कृष्ट कमब्याक

खेल सकिन ९ मिनेट अघि हेडरमार्फत क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले अटलान्टाविरुद्ध ओल्ड ट्राफोडमा उत्कृष्ट पुनरागमन गरेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको खेलमा युनाइटेडले २ गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जीत हासिल गरेको हो ।
मारियो पासालिक र मेरिह डेमिरालले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० गोलले पछि परेको थियो । हाफटाइम ब्रेकमा युनाइटेडका समर्थक नै आफ्नो टोलीमा माथि खनिन थालेका थिए । तर, दोस्रो हाफमा भने खेलको दिशा नै परिवर्तन भएको थियो ।
खेलको ५३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले युनाइटेडका लागि पहिलो गोल फर्काए । ७५ औँ मिनेटमा कप्तान ह्यारी मग्वायरले बराबरी गोल गोल । त्यसपछि खेलको ८१ औँ मिनेटमा लुक शको पासमा हेडमार्फत गोल गर्दै रोनाल्डोले पुनरागमन पुरा गरे । प्रतियोगितामा उनको यो १३७ औँ गोल थियो ।
जीतसँगै युनाइटेड ६ अंक सहित समूह एफको शीर्ष स्थानमा उक्लिएको छ । समूहको अर्को खेलमा भिल्लेरियालले योङ ब्वाइजलाई ४–१ गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली
-
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने