शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोको गोलमा युनाइटेडको उत्कृष्ट कमब्याक

बिहीबार, ०४ कात्तिक २०७८, ०६ : ३६
बिहीबार, ०४ कात्तिक २०७८

खेल सकिन ९ मिनेट अघि हेडरमार्फत क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले अटलान्टाविरुद्ध ओल्ड ट्राफोडमा उत्कृष्ट पुनरागमन गरेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको खेलमा युनाइटेडले २ गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जीत हासिल गरेको हो ।

मारियो पासालिक र मेरिह डेमिरालले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० गोलले पछि परेको थियो । हाफटाइम ब्रेकमा युनाइटेडका समर्थक नै आफ्नो टोलीमा माथि खनिन थालेका थिए । तर, दोस्रो हाफमा भने खेलको दिशा नै परिवर्तन भएको थियो ।

खेलको ५३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा  मार्कस रासफोर्डले युनाइटेडका लागि पहिलो गोल फर्काए । ७५ औँ मिनेटमा कप्तान ह्यारी मग्वायरले बराबरी गोल गोल । त्यसपछि खेलको ८१ औँ मिनेटमा लुक शको पासमा हेडमार्फत गोल गर्दै रोनाल्डोले पुनरागमन पुरा गरे । प्रतियोगितामा उनको यो १३७ औँ गोल थियो ।

जीतसँगै युनाइटेड ६ अंक सहित समूह एफको शीर्ष स्थानमा उक्लिएको छ । समूहको अर्को खेलमा भिल्लेरियालले योङ ब्वाइजलाई ४–१ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप