शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस संगठन विभाग प्रमुख श्रेष्ठद्वारा बाढी-पहिरो पीडितको सहयोगमा जुट्न कार्यकर्तालाई निर्देशन

बुधबार, ०३ कात्तिक २०७८, २१ : ४६
बुधबार, ०३ कात्तिक २०७८

नेपाली काँग्रेस पूर्व उपसभापति गोपालमान श्रेष्ठले बाढी, पहिरो र डुबानमा परेकाहरुको सहयोगमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै  तथा संगठन विभाग प्रमुख समेत रहको श्रेष्ठले बाढी पहिलो र डुबान प्रभावित जिल्लाका नेता कार्यकर्तालाई उद्दार र राहत कार्यमा जुट्न निर्देशन दिएका हुन् ।

यस्तै श्रेष्ठले घाइतेहरूको यथाशीघ्र उपचारको प्रबन्ध, बेपत्ताहरुको खोजतलास र मृतकका परिवार एवं प्रभावितहरुलाई तत्काल राहत र उद्दारको व्यवस्था गर्न सरकारसँग माग गरे ।  यस्तै उनले कृषकको खेत खेतमा भित्र्याउन तयार भएको धानबाली नष्ट भएकोले तत्काल  राहतको व्यवस्था गर्न  सरकार गम्भीर ध्यानाकर्षण गराएका छन् । अविरल वर्षाका कारण देशका विभिन्न मागमा गएको बाढी, पहिरो र डुबानबाट ७८ जनाको मृत्यु २६ जना बेपत्ता र २२ घाइते भएको खबरले अत्यन्तै दुखित भएको बताए । बेमौसमको बर्षाले निम्त्याएको यस दुःखद  घडीमा मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप