शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले ४ वर्षदेखि घरभाडा भुक्तानी नगरेको भन्दै घरधनीले गुहारे स्थानीय प्रशासन

बुधबार, ०३ कात्तिक २०७८, २० : २९
बुधबार, ०३ कात्तिक २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालको पर्सा जिल्ला समितिले करिब चार वर्षदेखि कार्यालय प्रयोजनका लागि लिएको घरको भाडा भुक्तानी नगरेको आरोप लगाउँदै घरबेटीले स्थानीय प्रशासन गुहारेका छन् । वीरगंजको मूर्लीमा रहेको घर भाडामा लिएबापत ४३ महिनादेखि भाडा भुक्तानी नगरेको भन्दै घरबेटीले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् ।

घरबेटी बैजनाथ प्रसाद साहले भने, ‘विगत तीन वर्षदेखि विभिन्‍न नेता कार्यकर्ताहरुकहाँ धाउँदैछु, तै पनि घर भाडा नउठेपछि बाध्य भएर ४३ महिनाको घर भाडा तिराइदिन र घर खाली गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएको हुँ ।’ 

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ बस्ने बैजनाथ प्रसाद साहको बीरगंज मूर्लीस्थित घरको माथिल्लो तल्लाको दुईवटा कोठासहितको फ्ल्याट जसपा पर्साले भाडामा लिई पार्टी कार्यालय राखेको छ । प्रतिमहिना ८ हजार रुपैयाँको दरले विगत ४३ महिनादेखिको कोठा भाडा तीन लाख ४४ हजार रुपैयाँ भुक्तानी नगरेको घरबेटी साहले बताए । पटक–पटक मागे पनि भाडा नपाउँदा बाध्य भएर भाडा भुक्तानी गराएर कोठा खाली गराइदिन निवेदन दिएको साहले बताए ।

‘जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादव र जिल्ला सचिव तबरेज अहमद भएदेखि नै पटक–पटक भाडा दिन आग्रह गरेको हो,’ उनले भने, ‘तर विगत ४३ महिनादेखि भाडा दिएका छैनन् ।’ जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवले भने नयाँ ठाउँमा जिल्ला पार्टी कार्यालय सार्न लागेको भन्दै कार्यालय सार्नुअघि भाडा तिर्ने भनेर आफूले घरबेटीलाई जानकारी गराइसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप