बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा थप १४ हजार ६२३ जना सङ्क्रमित

बुधबार, ०३ कात्तिक २०७८, २० : २६
बुधबार, ०३ कात्तिक २०७८

पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।  यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड ४१ लाख ८ हजार ९९६ जना पुगेको छ । 

मङ्गलबार भारतमा कोरोनाका थप सङ्क्रमितको संख्या १४ हजार ६२३ जनामा भएकोमा सात हजार ५४३ जना केरला राज्यका रहेका थिए । केरलामा मङ्गलबार कोरोना सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएको थियो । 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने एक लाख ७८ हजार ९८ जना रहेका अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२९ दिन यताको सबभन्दा कम भएको पनि जनाइएको छ । हाल सक्रिय सङ्क्रमित सङ्ख्या कूल सङ्क्रमितको ०.५२ प्रतिशत मात्र रहेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । 

मङ्गलबार १९ हजार ४४६ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त भएका कूल संख्या तीन करोड ३४ लाख ७८ हजार २४७ रहेका सो मन्त्रालयले बुधबार जनाएको छ  ।  कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त दर ९८ः१५ प्रतिशत भएको मन्त्रालयले बुधबार जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा ५९ करोड ४४ लाख २९ हजार भन्दा बढी  व्यक्तिको कोरोनाभाइरसको परिक्षण भएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९९ करोड १२ लाख ८२ हजार २८३ डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप