शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु रोगले वडा सदस्यको निधन

बुधबार, ०३ कात्तिक २०७८, २० : १४
बुधबार, ०३ कात्तिक २०७८

रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको निधन भएको छ । डेंगुका कारण उपचारका क्रममा ५७ वर्षीय सिंजालीको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा निधन भएको हो । 

स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पताल तानसेनमा उपचाररत सिंजालीलाई मङ्गलबार अस्पतालले डेंगु रोग लागेको जानकारी दिएपछि थप उपचारका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगिएको थियो । 

उपचारका क्रममा मङ्गलबार साँझ निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । सिंजालीको आज कालीगण्डकीस्थित करौदी खोलाघाटमा दाहसंस्कार गरिएको छ । 

वडा सदस्य सिंजालीको निधनमा दुख व्यक्त गर्दै गाउँपालिकाले आज पालिका कार्यालय तथा वडा कार्यालयमा शोक बिदा दिएको छ । सिंजाली गत स्थानीय तहको चुनावमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप