बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो, २६ जना बेपत्ता

बुधबार, ०३ कात्तिक २०७८, २० : ०८
बुधबार, ०३ कात्तिक २०७८

बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी  ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । 
मन्त्रालयको विज्ञप्तिअनुसार अहिलेसम्म २६ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ ।  सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।  बाढी/पहिरोमा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप