शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालका गगन थापा निर्वाचित

बुधबार, ०३ कात्तिक २०७८, १९ : ३२
बुधबार, ०३ कात्तिक २०७८

काठमाडौँ । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् ।

वोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दा बढी देशका संसदहरूसँगै समावेशी विकासका लागि काम गर्ने भएका छन् । यस अवसरलाई आफूले सिक्ने, सम्वन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाको रुपमा उपयोग गर्ने सांसद थापाले बताए । उनले सांसदहरुको अन्तर्राष्ट्रिय संजालको अग्रपंक्तिका लागि निर्वाचित भएको खबरले आफूलाई उत्साही बनाएको उल्लेख गर्नु भएको छ । 

नेपाली काँग्रेसबाट उम्मेदवार भइ काठमाडौको क्षेत्र नं. ४ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी अहिले तेस्रो पटक सांसद भएका हुन् । थापा पहिलो पटक समानुपातिक प्रणाली मार्फत निर्वाचित भएका थियो भने बाँकी दुई पटक प्रत्यक्ष निर्वाचित भएका हुन् ।

उनले यसअघि पनि अरु धेरै अन्तर्राष्ट्रिय मंचहरुमा काम गर्दै आएका छन् । उनले दुई बर्ष अगाडि छात्रवृत्ति प्राप्त गरी अमेरिकास्थित हार्वड विश्वविद्यालयमा पनि केही समय अध्ययन गरेका थिए । त्यतिबेला उनीसँगै विभिन्न देशका शीर्ष नेताहरुले समेत अध्ययन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप