एमालेले समाप्त गर्न खोजेको संविधान काँग्रेसले बचायो : कानुनमन्त्री बडु

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले नेकपा एमालेले समाप्त गर्न खोजेको संविधान नेपाली काँग्रेसले बचाएको बताएका छन्। मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला दार्चुला पुगेका मन्त्री बडुले काँग्रेस नेतृत्वको सरकारको पहिलो उद्देश्य संविधानको रक्षा गर्नु रहेको बताएका हुन्।
दार्चुलाको गोकुलेश्वरमा आयोजित स्वागत कार्यक्रममा मन्त्री बडूले भने, ‘नेकपा एमालेले संविधान समाप्त गर्दै थियो । हामीले बचाउने नेतृत्व गरिरहेका छौं । नेपालमा संविधान बचाउने कुरा, संविधानको सर्वोच्चता, नेपालमा कानूनको शासन, नेपालमा सुशासन कायम गर्नु सरकारको दायित्व हो ।’
सरकारका सामुन्ने अहिले धेरै ठूलो चुनौती रहेको पनि पहिलो काम भने संविधान बचाउने नै भएको उनको भनाइ छ । साथै उनले सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगलाई पूर्णता दिएर मुलुकमा एकताको वातावरण दिन चाहेको बताए ।
‘सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगलाई हामी पूर्णता दिन्छौं,’ उनले भने, ‘अनि मुलुकमा एउटा नयाँ शासन, सबै पार्टीहरुको एकताको बाटो अनि एकताको वातावरण नेपाली काँग्रेस दिन चाहन्छ ।’
सबै पार्टीहरुलाई एक ठाउँमा उभ्याएर मुलुकको प्रगतिका निमित्त काम गर्नुपर्ने दायित्व सरकारका सामु रहेको मन्त्री बडूको भनाइ थियो ।
‘विस्तृत शान्ति सम्झौता नेपाली काँग्रेसले अगाडि बढाएको हो,’ उनले भने, ‘प्रचण्ड र गिरिजाले अगाडि बढाएको शान्ति सम्झौता आज हामी टुंगोमा पुर्याउँदैछौं । यो पनि हाम्रो कार्यभार हो ।’
१० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडकबीच मेलमिलाप आवश्यक भएको उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट