बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षकी बालिका जसले स्कटल्याण्डको टी २० विश्वकपको जर्सी डिजाइन गरिन्

बुधबार, ०३ कात्तिक २०७८, १७ : ०३
बुधबार, ०३ कात्तिक २०७८

तपाईं १२ वर्षमा के गर्दै हुनुहुन्थ्यो ? सायद तपाईं संसारलाई बुझ्ने प्रक्रियामा नै हुनुहन्थ्यो होला र तपाईंले अझै धेरै कुरा थाहा पाउन बाँकी नै थियो होला । तर रेबेका डाउनीले १२ वर्षको उमेरमा के गरिन् होला ? एकछिन अनुमान गरौं न । उनले टी२० विश्व कपका लागि एक अन्तरराष्ट्रिय समूहका लागि जर्सी डिजाइन गरिन् ।

यो कुनै ठट्टा होइन । टी २० विश्वकपका लागि स्कटल्याण्डको नयाँ जर्सी १२ वर्षे बालिकाले डिजाइन गरेकी हुन् । र यो निकै अद्भूत छ । यो समूहले देशभरीका स्कूले बालबालिकाबाट आएका दुई सय बढी डिजाइनबाट उनको डिजाइन छनोट गरेको हो । यो जर्सी स्कटल्याण्डको राष्ट्रिय चिन्ह – द थिस्टलको रङहरुमा आधारित छ ।   

ओमान उड्नुअघि यो समूहलाई रेबेकाले उक्त नयाँ जर्सी उपहार स्वरुप प्रदान गरिन् । एडिनबर्गमा जिम्बाम्बेविरुद्धको खेलमा उनी र उनको परिवार विशेष पाहुना थिए । त्यहाँ उनले खिलाडीलाई पनि भेटिन् ।

‘मैले प्रतिस्पर्धा जितेँ भन्ने खबर पाएपछि निकै उत्साहित भएँ । सुरुमा त मैले विश्वास नै गर्न सकिनँ । त्यो सर्ट वास्तविक जीवनमा देख्दा म असाध्यै खुसी भएँ । ती निकै सुन्दर देखिए । खिलाडीलाई भेट्न पाउनु र उहाँहरुले जिम्बोम्बेविरुद्ध खेलेको हेर्न पाउनु एउटा अद्भूत अनुभव रह्यो । म मेरो आफ्नै सर्ट लगाएर विश्व कपको प्रत्येक खेलमा उहाँहरुलाई चियर गर्नेछु,’ क्रिकेट एण्ड मोरले उनको भनाई उद्धृत गर्दै भनेको छ ।

‘रेबेका र उनको परिवारलाई भेट्न पाउँदा निकै खुसी लागेको छ । रेबेकाले नयाँ सर्ट लगाएको देख्दा पनि साह्रै आनन्द आयो । हाम्रो समूहलाई उनको यो डिजाइनमाथि गर्व छ । प्रशंसकलाई हाम्रो नयाँ डिजाइन मनपर्छ भन्ने कुरामा हामी विश्वस्त छौं,’ स्कटिस स्किपर काइल कोइट्जरले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप