हालसम्म कोरोना संक्रमित ९ लाख नाघे, परीक्षण संख्या आधा करोड नजिक
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख नाघेको छ । यस्तै परीक्षण संख्या आधा करोड नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले बुधबारको प्रेस ब्रिफिङमा हालसम्म एन्टिजेन र पीसीआर दुबै विधिबाट ४९ लाख ८० हजार १२३ जनामा कोरोना परीक्षण भएको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले सो संख्यामा परीक्षण गर्दा कुल संक्रमित ९ लाख ७ सय ४८ पुगेको जानकारी दिए । उनका अनुसार हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ हजार ६ सय ९६ जना संक्रमित भएका छन् । त्यसमध्ये ७ लाख ८४ हजार १५५ जना निको भइसकेको पौडेलले जानकारी दिए । यस्तै हालसम्म कोरोनाबाट ११ हजार ३१८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ६६२ जना नयाँ संक्रमित पुष्टि भएका छन् । ८ हजार ४२६ जनामा भएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै २४ घण्टामा निको हुनेको संख्या ७५८ जना रहेको छ भने मृतक १३ जना रहेका छन् । हाल देशभर ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा