राष्ट्र बैङ्कको निर्देशनले उकालो लाग्यो सेयर बजार
नेपाल राष्ट्र बैङ्कले ब्याजदर घटाउन वाणिज्य बैङ्कहरूलाई दिएको ३ बुँदे निर्देशनले सेयर बजारमा उकालिएको छ । बैङ्कहरूले आफूखुसी ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्याएपछि सेयर बजार सोमबार ६९ अङ्क र मंगलबार ७७ अङ्कले घटेको थियो ।
तर, हिजो साँझ राष्ट्र बैङ्कले २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बजारमा सुधार आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६० अङ्कले बढ्दै २५ सय ७१ अङ्क पुगेको छ । यस क्रममा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख कित्ता सेयर किनबेच भएको छ । बजार ६० अङ्कले बढ्दा सबै समूहमा सुधार आएको छ । आज निर्जीवन बीमा समूह २४८ र जीवन बीमा समूह सबैभन्दा बढी १८९ अङ्कले बढेको छ ।
यसपछि विकास बैङ्क समूहमा १४१, उत्पादनमूलक समूह १२२, वित्त १२१, जलविद्युत १०८ र होटल एण्ड टुरिजम समूह ९१ अङ्कले बढेको छ । बजार बढेको दिन मैलुङ खोला विद्युत् कम्पनी, आँखु खोला, युनिभर्सल पावर, सीईडीबी हाइड्रोपावरसहित थप ४ वटा कम्पनीको लगानीकर्ताले मनग्य कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी