लोसपाका नेता भन्छन्– जनकपुर जलमग्न हुनुमा एडीबी दोषी

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताले जनकपुर जलमग्न हुनुमा एसियाली विकास बैंक (एडीबी) को परियोजनालाई दोष दिएका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण जनकपुर जलमग्न भएको छ ।
लोसपा नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले एडीबीको सहयोगमा एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुरको सडक विस्तार, नाला निर्माणको काम भएको भन्दै अहिले भएको डुबान त्यसकै परिणाम भएको उल्लेख गरेका छन् ।
जनकपुरमा रहेका उनले बुधबार प्रेस नोट जारी गर्दै जनकपुरमा भएको सडक विस्तार आयोजना शत प्रतिशत असफल भएको जनाएका छन् । डुबानका कारण जनकपुरवासीले अहिले व्यहोरेको क्षति विरलै किसिमको र असामान्य भएको उनको भनाइ छ । ‘यदि तत्काल समाधान निकाल्ने तर्फ काम भएन भने यस्तै स्थिति आइरहने निश्चितताले राजधानी जनकपुरधामको अवस्था के होला सहजै कल्पना गर्न सकिन्छ,’ उनले भनेका छन् ।
यतिको खर्च गरेर बनाएको योजना र त्यस अनुसारको निर्माणको परिणाम स्वयंले नै धेरै कुरा भनिरहेको बताउँदै उनले प्रविधिक ज्ञानको आभाव, समस्याको पहिचान, त्यसको सुक्ष्म–विश्लेषण, समाधानको निर्क्यौल, सो अनुसारको योजना र त्यस बमोजिमको निर्माण लगायत सबै क्षेत्रमा आधारभूत कमजोरी छर्लङ्ग भएको प्रस्ट पारेका छन् ।
आयोजना सम्बन्धी एडीबीको सहयोगको रकमको खर्च बाहेक समग्रमा सदुपयोग–उपलब्धी न्यून भएको उनले दाबी गरेका छन् । अहिले देखिएको ढलको समस्या, बाहिरबाट नगरमा प्रवेश गर्ने भेल, आगामी दिनमा त्यससँग जोडिएका समस्याहरू सबैको एकीकृत निदानको तुरन्त थालनी गर्नुपर्ने उनले बताए ।
एकीकृत सहरी विकास आयोजना एडीबीको सहयोगले सम्पन्न भएको हुनाले यस सम्बन्धमा आवश्यक चासो लिन पनि उनले एडीबीलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार