गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गिनिज बुकमा नाम लेख्ने धेरै काम गरेको दावी गरेका छन् । बुधबार पार्टीको वागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामले गिनिज बुकको आधा भाग भरिने दावी गरे ।
वर्तमान सरकारले कुनैपनि काम गर्न नसक्ने दावी गर्दै ओलीले एमालेले बाहेक अरुले विकासका काम नगर्ने दावी समेत गरे । ‘गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ । दुई यो एमाले हो क्या एमाले । गिनिज बुकमा लेख्ने कुरा कति छन् कति ?’ ओलीले भने, ‘दुईपटक किड्नी फेरेर पनि प्रधानमन्त्री बन्ने र उस्तै स्वस्थ हुने मान्छे पनि नेपालमै ।’
उनले दुनियाँमा यस्तो कही नभएको समेत बताए । एकैपटक ६ सय भन्दा बढी स्वास्थ्य चौकी एकैपटक शिलान्यासदेखि २१० वटा बाटो एकैदिन शिलान्यास गरेको ओलीले चर्चा गरे । उनले काम गर्न हुती चाहिने पनि बताए । ‘त्यसकारण त एमाले चाहिन्छ । काम गर्न एमाले चाहिन्छ’, ओलीको भनाई छ । उनले नेकपा एमालेलाई पछि धकेल्न देशभित्रको मात्रै होइन, विश्वकै शक्ति लागेपनि एक कदम मात्रै पछि धकेलिने बताए ।
उनले एमालेको अभिष्ट सरकार बनाउने भन्दा पनि देश बनाउने रहेको भन्दै देश बनाउने निश्चित गरेर मात्रै सरकार बनाउने बताए । उनले नेकपा एमालेका सांसदहरु मन्त्री पाउन माधव नेपालको पार्टीमा गएको भन्दै ती व्यक्तिले धव्वा लगाएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण