शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाहमा सुट लगाएका कारण ट्रोल भएकी थिइन् ब्लगर, अब गर्भवती भएपछि गराएको सुटले सबैलाई चकित पारिन्

बुधबार, ०३ कात्तिक २०७८, १५ : ०६
बुधबार, ०३ कात्तिक २०७८

हरेक दुलहा–दुलही आफ्नो विवाहको दिनमा सबैभन्दा उत्कृष्ट देखिन चाहन्छन् । विवाहलाई अविष्मरणीय बनाउनका लागि उनीहरु पूरा कोसिस गर्छन् । महिला आफ्नो विवाहको पहिरनको विषयमा विशेष ध्यान दिन्छन् । साधारणतया, विवाहमा साडी वा लेहेङ्गा लगाउने गरिन्छ तर एक आधुनिक बेहुलीले जब केही भिन्न लगाउने कोसिस गर्छिन् तब उनी ट्रोलिङको शिकार हुनुपर्यो । पेशाले वकिल र ब्लगर भारतीय सञ्जना ऋषिले अघिल्लो वर्ष आफ्नो विवाहमा लेहेङ्गाको साटो पाइन्ट सुट लगाएकी थिइन् । उनले घुम्टो पनि राखेकी थिइन् । यो भिन्न शैलीको पहिरनका लागि त्यतिबेला सञ्जनाले निकै ट्रोल हुनु परेको थियो । अब एक वर्षपछि सञ्जनाले आफ्नो गर्भावस्थामा पुनः त्यहि पहिरन लगाएकी छिन् ।

सन् २०२० मा सञ्जनाले आफ्ना प्रेमी धु्रव महाजनसँग विवाह गरेका थिए । विवाह निकै भव्य तरिकाले भएको थियो । यद्यपि, आफ्नो पहिरनका लागि सञ्जनाले त्यतिबेला सोसल मिडियामा असाध्यै धेरै आलोचना खेप्नुपरेको थियो । दुलहीको रुपमा कुनै महिलालाई पाइन्ट सुटमा देखिँदा धेरैलाई चित्त बुझेन । पाउडर ब्ल्यू रङको पाइन्टसुटमा सञ्जनाले हिराको नेकलेस र सुन्दर मांग टिका लगाएकी थिइन् । हल्का मेकअपमा सञ्जनाको यो ब्राइडल लुक निकै भिन्न थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sanjana Rishi (@sanjrishi)

सञ्जनाले यो लुकमा एक प्रयोगकर्ताले कमेन्ट गरेका थिए, ‘विवाह गर्र्दै छौ कि मिटिङमा जाँदै छौ । ’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यदि तपाईंलाई भारतीय पारम्परिक पहिरन मन पर्दैन भने केटा चाहिँ किन भारतीय नै छान्नुभयो ?’ यस्तै कतिले सञ्जनाको संस्कारमाथि पनि प्रश्न उठाए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sanjana Rishi (@sanjrishi)

विवाहको एक वर्षपछि सञ्जनाले आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । आफ्नो प्रेग्नेन्सी सुटमा सञ्जनाले आफ्नो वेडिङ लुकलाई रिक्रियट गरेर ट्रोलर्सलाई कडा जवाफ दिएकी छिन् । यद्यपि, गर्भावस्थाको फोटोसुटमा सञ्जनाले यो पहिरनलाई एउटा ट्वीस्ट दिएकी छिने । सञ्जनाले आफ्नो विवाहको पहिरनको कोटलाई प्रिन्टेड फ्लोरल र स्ट्राइप प्याटर्नको सुन्दर साडीसँग मिलाइन् । सञ्जनाले निकै बिन्दास तरिकाले आफ्नो पेट देखाइरहेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sanjana Rishi (@sanjrishi)

आफ्नो इन्स्टाग्राम अकाउन्टमा सञ्जनाले ती तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘अघिल्लो वर्ष केही मानिसहरुले मेरो विवाहको पहिरनलाई भारतीय विरोधी बताएका थिए । यो वर्ष तपाईंहरुलाई खुसी पार्न मैले साडी लगाएकी छु । मलाई कमेन्टमा तारिफबाहेक केही पनि चाहिँदैन ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sanjana Rishi (@sanjrishi)

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sanjana Rishi (@sanjrishi)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप