बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्पेनमा फस्टाउँदो यौन व्यापार, प्रधानमन्त्रीले गरे यस्तो घोषणा

बुधबार, ०३ कात्तिक २०७८, १४ : ३८
बुधबार, ०३ कात्तिक २०७८

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आइतबार देशमा वेश्यावृत्तिलाई अपराधको श्रेणीमा राख्ने घोषणा गरेका छन् । उनले वेलेन्सियामा आफ्नो सत्तारुढ सोसलिस्ट वर्कर्स पार्टीको तीन दिवसीय सम्मेलनमा बोल्दै वेश्यावृत्तिमाथि रोक लगाउने घोषणा गरे । सान्चेजले वेश्यावृत्तिलाई महिलालाई गुलाम बनाउने प्रथा बताउँदै यसलाई महिलाविरुद्ध हिंसाको सबैभन्दा खराब रुप ठानेका छन् ।

अर्बौंको कारोबारः

सन् १९९५ मा स्पेनमा वेश्यावृत्तिलाई अपराधको दायराबाट बाहिर निकालिएको थियो । सन् २०१६ मा संयुक्त राष्ट्रको अनुमान अनुसार स्पेनमा वेश्यावृत्तिको कारोबार ४.२ मिलियन डलर अर्थात् करिब ४.२ अर्ब डलरभन्दा पनि बढीको थियो । सन् २००९ को एक सर्वेक्षणको रिपोर्टले बताए अनुसार स्पेनमा हरेक तेस्रो व्यक्ति यौनका लागि पैसा तिर्ने गर्छन् ।

यद्यपि, सन् २००९ मा नै प्रकाशित एक अन्य रिपोर्टका अनुसार यो आँकडा ३९ प्रतिशतसम्म बढेको हुनसक्ने अनुमान गरेको छ । सन् २०११ मा संयुक्त राष्ट्रले स्पेनलाई वेश्यावृत्तिको दुनियाँमा तेस्रो सबैभन्दा ठूलो केन्द्र मानेको थियो । यो मामिलामा स्पेन अघि थाइल्याण्ड र पुर्टो रिको मात्रै थिए ।

वेश्यावृत्तिको दलदलमा ३ लाख महिलाः

स्पेनमा पैसाको बदलामा यौन सेवा लिनेहरुका लागि कुनै सजाय तोकिएको छैन जबसम्म कि यस्तो कुनै सार्वजनिक स्थलमा गरिएको नहोस् । यद्यपि, वेश्यावृत्तिमा दलाली वा कुनै यौनकर्मी र ग्राहकबीच प्रतिनिधिको रुपमा काम गर्नु स्पेनमा गैर–कानूनी छ । स्पेनमा वेश्यावृत्ति वैध घोषणा गरेपछि यो उद्योग तीब्र रुपमा फस्टाएको छ । स्पेनमा करिब तीन लाख महिला वेश्यावृत्तिको व्यवसायमा संलग्न छन् ।

सन् २०१९ मा स्पेनको प्रहरीले ८९६ महिलालाई वेश्यावृत्तिको दलदलबाट मुक्त पारेको थियो । रिपोर्टका अनुसार यौनकर्मीको रुपमा काम गर्ने यिनिहरुमध्ये ८० प्रतिशतभन्दा बढी महिला माफीयाको नियन्त्रणमा थिए । यौन शोषणलाई रोक्नका लागि अभियान चलाउने एप्राम्प नामको एक संस्थाले वेश्यावृत्ति महिलाको यौन स्वतन्त्रताको अभिव्यक्ति नभएको बताएको छ । संस्थाका अनुसार हिंसा, अधिकारको हनन, आर्थिक चुनौती र लैङ्गिकवादी पितृसत्तात्मक संस्कृतिसँग यो सम्बन्धित छ ।

दक्षिण पूर्वी स्पेनमा यौनकर्मीलाई समर्थन गर्ने एक संस्था क्याट्सका अनुसार यस्ता योजनाले यौनकर्मीको उन्मूलन सम्भव छैन । संथाले भनेको छ, ‘यदि तपाईं यसमा संलग्न मानिसहलाई उनीहरुले काम गर्ने स्थान वा फ्ल्याटबाट बाहिर निकाल्नुहुन्छ भने उनीहरु सडकमा यस्तो काम गर्नका लागि बाध्य हुनेछन् । यस्तो स्थितिमा यौनकर्मीलाई माफियाको खतरा थप बढ्ने गर्छ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप