छापाखाना संचालकको हत्या गरेर भागेका आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौंको पुतलीसडकमा रहेको एकता प्रेस छापाखानाका संचालकको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भएका छापाखानाका संचालक खिम बहादुर सिवाकोटीको हत्यामा संलग्न शनि नरसिंह राणालाई १७ वर्षपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जनदत्त भट्टले रातोपाटीलाई बताए ।
प्युठानको मल्लरानी गाउँपालिका–४ घर भएका राणा लामो समय भारतमा र त्यसपछि नेपाल फर्केर लुकेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई असोज १५ मा काठमाडौंको म्हैपीबाट पक्राउ गरेको थियो ।
छापाखाना अगाडी मोटरसाईकल पार्किङ गरेको विषयमा विवाद हुँदा शनि नरसिंह सहित ३ जना मिलेर सिवाकोटीलाई कुटेर हत्या गरेका थिए । हेलमेट, फलामे रड र चिया पकाउने भाँडोले कुटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी भट्टले बताए ।
हत्यामा संलग्न बा.१६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल धनी ईश्वरी राणा र गोरखा सिरान्चोक घर भएका धन बहादुर गुरुङ फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?