डीडीसीका महाप्रबन्धक तथा उपमहाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक
भ्रष्टाचारीलाई कारवाही नगरेको भन्दै दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । लैनचौरस्थित डीडीसी कार्यालयमा आन्दोलन गर्दै त्यहाँका कर्मचारी संघले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
कर्मचारीहरुले डीडीसीको प्रवेशद्वारमै धर्ना दिएर मंगलबारदेखि आन्दोलन थालेका हुन् । डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले एक करोडभन्दा बढी रकम भ्रष्टाचार गरे पनि हालसम्म व्यवस्थापनले कारवाही नगरेको आन्दोलित कर्मचारीहरुको भनाइ छ ।
उपपमहाप्रबन्धक अधिकारीले डीडीसीमा एक करोडभन्दा बढी रकम हिनामिना गरेको भन्दै सञ्चालक समितिका साथै महालेखापरीक्षकको कार्यालयले पनि प्रतिवेदनमा उल्लेख गरेको थियो । महाप्रबन्धक पौडेलले हालसम्म उनलाई कारवाही नगरेको कर्मचारीहरुको भनाइ छ ।
संघका महासचिव आयुव अली खानका अनुसार महाप्रबन्धक पौडेल, उपमहाप्रबन्धक अधिकारीका साथै अन्य अधिकारी पनि भ्रष्टाचारमा मुछिएका छन् । महाप्रबन्धक पौडेलमाथि डीडीसीको बटरमा अनियमितता गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै डीडीसीमा छापा मारिसकेको छ भने यसबारे अनुसन्धान जारी छ ।
अन्य निकायले पनि डीडीसीमा भएको अनियमितताबारे छानविन गरिरहेका छन् । छानविन चलिरहेको समयमा उनीहरु नियमित काम काजमा रहँदा छानविनमै प्रभाव पर्न सक्ने भन्दै कर्मचारीले महाप्रबन्धक र उपमहाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् ।
डीडीसीका सूचना अधिकारी समेत रहेका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीले आफूमाथि लागेको आरोप निराधार रहेको बताएका छन् । आफूमाथि व्यक्तिगत आरोप लगाइएको भन्दै उनले कथित अनियमितताबारे छानविन चलिरहेकाले त्यसअघि नै फलानोले यस्तो गरे, उस्तो गरे भनेर आरोप लगाउन नमिल्ने बताए ।
उनले कर्मचारीले राखेको मागमा आफूहरु वार्ता गर्न तयार रहेको पनि प्रस्ट पारे । वार्ताका लागि आह्वान गर्दै पत्र पठाइएको तर कर्मचारीहरु नै वार्तामा आउन नमानेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुक्तानी नपाएको भन्दै राष्ट्रिय भेला बोलाएपछि व्यवसायीसँग अर्थमन्त्री ‘आक्रोशित’
-
योजना कार्यान्वयनमा जनस्तरबाट निगरानी बढाउनुहोस् : मुख्यमन्त्री आचार्य
-
टाटे सिमीमा विषादी
-
पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश
-
सत्तारुढ दुई दलीय संयन्त्रले छुट्टाछुट्टै ९ वटा कार्यदल बनाउने
-
चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा