सिरियाको राजधानीमा सैनिक बसमाथि हमला, थुप्रै सैनिक मारिए
बुधबार बिहान सिरियाको राजधानी दमिश्कमा एक फौजी बसलाई निशाना बनाएर गरिएको बिस्फोटमा थुप्रैजना मारिएका छन् । यो खबर सिरियाको सरकारी मिडियाले जारी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बिस्फोटमा कम्तीमा १३ जना मारिएका छन् ।
सिरियाको सरकारी समाचार एजेन्सी ‘सना’ ले दिएको जानकारी अनुसार जिसर अल–रईस पुलमा बसलाई दुई बिस्फोटक उपकरणमार्फत् एक ‘आतंकवादी’ हमलाको निशाना बनाइएको छ । रिपोर्टमा बताइए अनुसार सेनाले घटनास्थलमा भेटिएको अर्को बिस्फोटक उपकरणलाई नष्ट पारिएको छ ।
सनाको वेबसाइटमा पोस्ट गरिएको एउटा भिडियोमा कथित रुपमा हमलापछि जलेको बस देखिएको छ । रुसको सरकारी समाचार एजेन्सी स्पुतनिकको वेबसाइटले बसमा सवार १४ सैनिक मारिएको जानकारी दिएको छ ।
संयुक्त राष्ट्रका अनुसार सिरियाको गृहयुद्धमा पछिल्लो १० वर्षमा कम्तीमा ३५०,००० जना मारिएका छन् । राजधानी दमिश्कमा बिस्फोट कमै हुन्छन् किनभने यहाँ राष्ट्रपति बशर अल–असदको सेनाको पूर्ण नियन्त्रण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा