ad

दुवईमा दीपिकाको मस्ती

person explore access_timeकात्तिक ३, २०७८ chat_bubble_outline0

अभिनेत्री दीपिका प्रसाई यति बेला दुबईमा छिन् । दसैंको अवसर पारेर श्रीमान् दिवाकर भट्टराईसँग उनी दुबई पुगेकी हुन् । दुबईका विभिन्न स्थानमा उनले श्रीमान्सँग मस्ती गरिरहेकी छन् । दुबईका तस्बिरहरु उनले हरेक दिन दुबई डायरी भन्दै सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेकी छन् ।




श्रीमानका साथ स्वीमिङ पुलमा, केही तस्बिर पार्क र केही डेजर्ट सफारीका तस्बिरहरु उनले सार्वजनिक गरेकी छन् । सबै तस्बिरमा उनी निकै राम्रो देखिएकी छन् । दुबईका तस्बिरमध्ये उनी सबैभन्दा आकर्षक पार्कमा खिचिएको तस्बिरमा समेत देखिएकी छन् । सेतो फूलबुट्टे हरियो रंगको वान पिसमा उनी निकै राम्रो देखिएकी छन् ।



दीपिकाले ‘ऐश्वर्य’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । पहिलो फिल्मबाट राम्रो चर्चा पाउन सफल उनी ‘ऐश्वर्य’ पछि मल्टिस्टार फिल्म ‘छक्का पञ्जा–३’ मा देखिएकी थिइन् । यद्यपि उक्त फिल्मले उनको करियरलाई खासै उकास्न भने सकेन । त्यसपछि निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी उनी दिवाकरकै नयाँ फिल्म ‘तिमीसँग हुने मन छ’ मा देखिँदैछिन् ।





निर्देशक भट्टराईले फिल्म ‘तिमीसँग हुने मन छ’ को छायाँकन गत जेठमा नै गर्ने तयारी गरेका थिए । कोरोनाका कारण त्यसबेला सो फिल्मको छायाँकन सुरु हुन सकेन । फिल्ममा भारतीय कलाकार रोहित सुचान्ती पनि मुख्य भूमिकामा छानिएका छन् ।



फिल्ममा रोहितको र दीपिकाको अलवा नाजिर हुसेनको पनि अभिनय रहने बताइएको छ ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।