बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन सपिङ आलिया बजार सञ्चालनमा

बुधबार, ०३ कात्तिक २०७८, १२ : ३४
बुधबार, ०३ कात्तिक २०७८

उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इकमर्स कम्पनी पनि सञ्चालनमा आउने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसै सन्दर्भमा अनलाइनबाटै ग्राहकलाई गुणस्तरीय सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन भन्दै आलिया बजार नामक अनलाइन सपिङ कम्पनी सञ्चालनमा आएको छ । 

हाल प्रचलनमा रहेको दराज, ग्यापु जस्ता मल्टि भेन्डर्स कम्पनी जस्तै आलिया बजारले पनि ग्राहकलाई अनलाइनमार्फत ग्राहकले गर्ने अर्डरपछि घरघरमा सामान डेलिभरी गर्नेछ । डिलरबाट नभइ सिधै डिलरमार्फत सामाग्री खरिद गरेर सुपथ मूल्यमा गुणस्तरीय सामग्री ग्राहकलाई डेलिभरी गर्नेगरी आफूहरु लागिपरेको कम्पनीकी सञ्चालक समीक्षा कार्कीले जानकारी दिइन् । 

उनले कम्पनीमार्फत कारोबार सुरु भइसकेको र केही समयभित्रै औपचारिक रुपमा उद्घाटन समेत गर्ने बताइन् । आलिया बजारमा ग्राहकको रोजाइ र आवश्यकताका विभिन्न सामाग्री उपलब्ध रहेका छन् भने ती सामग्री बजारमा भन्दा सुपथ मूल्यमा उपलब्ध हुने कम्पनीको दावी छ । 

‘यो इकमर्स कम्पनी लामो रिसर्च गरेर सञ्चालनमा ल्याइएको हो । हामी डाइरेक्ट कम्पनीहरूबाट सामान ल्याउँछौँ । हामी डिलरहरूबाट ल्याउँदैनौँ’, कार्कीले भनिन्, ‘छिटो र स्तरीय सेवा दिन्छौं । ब्रान्डेड सामानमात्रै बेच्ने भएकाले सबैले विश्वास गर्नुहुनेछ भन्ने अपेक्षा कम्पनीको छ ।’

आलिया बजारले निकट भविष्यमै आलिबाबा लगायतसँग सम्झौता गरेर नेपाली कृषि उपजलाई विदेशी बजारमा पुर्याउने लक्ष्य समेत लिएको छ ।  उपभोक्ताले आवश्यक सामान आलिया बजारको बेबसाइटमा गएर अर्डर गर्न सक्नेछन् भने आलिया बजारको मोबाइल एप्सबाट पनि खरिद गर्न सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप