बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

बुधबार, ०३ कात्तिक २०७८, १२ : २०
बुधबार, ०३ कात्तिक २०७८

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्षा पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेर उनले पीडितको उद्दार र राहत सम्बन्धमा ध्यानाकर्षण गराएका हुन् । 

सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लामा वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधनको क्षति र सवारी दुर्घटनाका विषयमा महतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । आफूसँगको भेटमा जनधन, भौतिक पूर्वाधार र खेतिबालीको क्षतिप्रति प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गरेको उनको भनाइ छ ।

डा.महतले विपद्को समयमा पीडितहरूको उद्दार, पुनःस्थापना र राहतको व्यवस्थाको लागि तीनै तहका सरकारको समन्वयमा राजनीतिक दलका कार्यकर्ताहरु पनि परिचालित हुनुपर्ने आवश्यकता देखिएको बताए ।
उनले तत्कालका यी काम सम्पन्न भएपछि पाकिसकेको धानबालीमा वर्षाले  पुर्याएको क्षतिबारे यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि प्रधानमन्त्रीसमक्ष  निवेदन गरे ।

यस कार्यमा स्थानीय सरकार र राजनीतिक दलका स्थानीय इकाइले पूर्ण सहयोग गर्नुपर्ने आवश्यकता उनले औंल्याए । महतले उद्दार, राहत र पुनःस्थापना जस्ता मानवीय कार्यमा पार्टी र  भातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धित क्षेत्रका सबै तहका पदाधिकारी तथा सदस्यहरु सक्रियतापूर्वक खट्ने विश्वास व्यक्त गरे ।

तत्कालका लागि यस्ता दुर्घटनामा परेका यात्रुहरूको निःशुल्क स्वास्थ्योपचार, मृतकका परिवारलाई राहत सहयोग र दीर्घकालमा दुर्घटना न्यूनीकरणका उपाय अबलम्बन गर्ने सम्बन्धमा आफूले राखेको प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकारात्मक रुपमा लिएको महतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप