ad

रेफ्रीलाई टाउकोमा लात्ती हान्ने फुटबल खेलाडीलाई दुई वर्ष प्रतिबन्ध

person explore access_timeकात्तिक ३, २०७८ chat_bubble_outline0

गत महिना एक खेलको दौरान रेफ्रीमाथि आक्रमण गरेर उनको टाउकोमा लात्ती प्रहार गर्ने ब्राजिलका फुटबल खेलाडीलाई २ वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । पहेँलो कार्ड देखाएको मामिलामा भएको आक्रमणपछि रेफ्री रोड्रिगो क्रिभेलारो अस्पताल नै भर्ना हुनुपरेको थियो । स्पोर्ट क्लब साउ पाउलोले विलियम रिबेरियोको करार रद्द गरिसकेको छ । अब उनी व्यावसायिकरुपमा सन् २०२३ सम्म खेल्न नपाउने भएका छन् । यसले सम्भवतः ३० वर्षीय खेलाडीको करियरमा नै पूर्ण विराम लगाएको छ ।


गुआरानी–आरएसविरुद्ध रिबेरियोले फल हानेपछि रेफ्री क्रिभेलारोले पहेँलो कार्ड देखाएका थिए । त्यसपछि रिबेरियो रेफ्रीमाथि नै खनिन पुगेका थिए । पहिले उनले रेफ्रीलाई मुक्का हानेका थिए । त्यसपछि रेफ्री भुइँमा लडेपछि उनको टाउकोमा लात्ता हानेका थिए । क्रिभेलारोले मैदानमा उपचारपछि अस्पताल लगिएको थियो ।



घटनापछि आफूले गल्ती गरेको भन्दै रिबेरियोले माफी मागेका छन् । ‘मैले जे गरेँ, त्यो सही थिएन । त्योबेला मैले केही सोच्नै सकिनँ । म मनोवैज्ञानिक उपचारमा पनि जाने सोचिरहेको छु,’ उनले भनेका छन् ।



 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।