न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने
बुधबार, ०३ कात्तिक २०७८, ११ : ४८

न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) यही साताको शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी प्रि–अलटमेन्ट सम्पन्न गरेको छ । आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले धितोपत्र बोर्डसँग आईपीओ बाँडफाँडको अनुमति माग्दै पत्र पठाइसकेको छ ।
बोर्डबाट स्वीकृत आएपछि क्यापिटलले शुक्रबार बाँडफाँड गर्ने तयारी थालेको हो । न्यादीले असोज १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित २२ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । जसमध्ये कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बसेको २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो