बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षाले जनकपुरधामको बेहाल (फोटोफिचर)

बुधबार, ०३ कात्तिक २०७८, ११ : ३८
बुधबार, ०३ कात्तिक २०७८


निरन्तरको वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरका विभिन्न भाग डुबानमा परेको छ । पानी निकासको उचित व्यवस्था नहुँदा सहरका विभिन्न क्षेत्र जलमग्न भएका छन् । प्रदेश २ सरकारको प्रशासनिक केन्द्र रहेको जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना लिमिटेड परिसर पनि डुबानमा परेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलमग्न छ भने पिडारी चोक, रामानन्द चोकलगायत विभिन्न स्थान पनि डुबानमा परेको छ ।

अविरल वर्षा हुँदा जनकपुरधामस्थित प्रादेशिक अस्पतालदेखि प्रदेश सरकारको प्रशासनिक मुख्यालय क्षेत्रसहित विभिन्न ठाउँ डुबानमा पर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप