शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘चुरिफुरी’ ९ पुसमा प्रदर्शनमा आउने

बुधबार, ०३ कात्तिक २०७८, ११ : ०१
बुधबार, ०३ कात्तिक २०७८

ऋण्षिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म ‘चुरिफुरी’ले रिलिज मिति घोषणा गरेको छ । निर्माण युनिटले आगामी ९ पुसलाई प्रदर्शन मितिका रुपमा  सार्वजनिक गरेको हो ।

कोरोनाले मोनोटोनस भएका दर्शकलाई फ्रेस बनाउन फिल्म ‘चुरिफुरी’ ले औषधीको काम गर्ने निर्देशक आचार्यले बताए । फिल्म क्षेत्रलाई चलायमान गराउन अब लगातार फिल्म रिलिजको विकल्प नभएको निर्देशक आचार्यको भनाई रहेको छ ।

सामाजिक बिषयमा कमेडी मिश्रित फिल्म ‘चुरिफुरी’ मा रविन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ , राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतका कलाकारको अभिनय छ । 

दीपक शर्माको संगीत तथा राहुल राईको छायाँकन रहेको फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् । निर्देशक आचार्य र रीना ढकाल (भण्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह–निर्माता रहेको फिल्मको बितरण  डिसिएनले जिम्मा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप