शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा सरकारको १०० दिन : २४ उपलब्धि सार्वजनिक

बुधबार, ०३ कात्तिक २०७८, २२ : २५
बुधबार, ०३ कात्तिक २०७८

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको १०० दिन पुगेको छ । सर्वोच्च अदालतको परमादेशको आधारमा देउवाको नेतृत्वमा गत असार २९ गते सरकार बनेको थियो । देउवालाई नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासम्मिलित ५ दलीय गठबन्धनको समर्थन रहेको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि राष्ट्रपतिले सरकार गठनका लागि गरेको आह्वानअनुसार देउवा आफ्नो पक्षमा बहुमत रहेको दावीसहित राष्ट्रपति कार्यालय पुगेका थिए । तर, राष्ट्रपतिले बहुमत नपुगेको भन्दै सरकार बन्न नसक्ने बताएसँगै देउवासहितको गठबन्धन सर्वोच्च अदालतमा रिट लिएर पुगेको थियो । 

सो रिटमाथि सर्वोच्चको संवैधानिक इजलासले देउवाको नेतृत्वमा सरकार बनाउन परमादेश दिएपछि देउवा प्रधानमन्त्री चयन भएका थिए । देउवाले लगत्तै ५ सदस्यीय मन्त्रिपरिषद् बनाएको भएपनि त्यसको साढे २ महिनापछि मात्रै मन्त्री थपेका थिए । अझैपनि उद्योग मन्त्रालय मन्त्रीविहीन रहेको छ । 

देउवाको सचिवालयले सरकार गठनको १०० दिन पुगेको अवसरमा २४ उपलब्धि सार्वजनिक गरेको छ -

जुन यसप्रकार रहेको छ

१.    सन्तुलित "नेपाल पहिला" परराष्ट्र नीति
२.    सफल खोप कुटनीति 
३.    एक करोड ५० लाख खोप व्यवस्थापन
४.    लक्षित मध्य ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाए
५.    लगानीमैत्री वातावरणको सृजना
६.    नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम
७.    कोभिडको मारमा परेका उद्योगी–व्यावसायीलाई राहत प्याकेज
८.    प्रभावकारी रुपमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन
९.    चुस्त सुरक्षा व्यवस्था
१०.    प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
११.    राजस्व संकलनमा उल्लेख्य वृद्धि
१२.    स्टार्टअप व्यावसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार
१३.    विद्युतीय लाइन विस्तार तथा विद्युतको पहुँचमा वृद्धि
१४.    सडक तथा यातायातको पहुँच विस्तार
१५.    देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार
१६.    सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको
१७.    विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको
१८.    सरकारी कागजातहरूको डिजिटल अर्काइभिङ सुरु
१९.    दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टान्स लर्निङको प्रक्रिया सुरु
२०.    प्रकृतिक विपत्तीमा तत्काल रेस्पोन्स
२१.    क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय
२२.    अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहात दिने घोषणा
२३.    यूवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा
२४.    साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप जनही रु ५ लाख दिने घोषणा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप