शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ड्रग्स केसमा अर्को खुलासा : नायिकासँग भएको थियो आर्यन खानको च्याट, आज जमानतबारे निर्णय

बुधबार, ०३ कात्तिक २०७८, १० : ४९
बुधबार, ०३ कात्तिक २०७८

शाहरुख खानका छोरा आर्यन खानको जमानतबारे आज निर्णय हुँदैछ । मुम्बई क्रुज ड्रग्स केसमा फसेका आर्यनको जमानतको याचिका पछिल्लो थुप्रै दिनदेखि रोकिँदै आइरहेको थियो । १४ अक्टोबरमा सेसन्स कोर्टमा न्यायाधीशले वकिलको बयान छोडेपछि निर्णय सुरक्षित राखेको थियो । आज आर्यनको प्रतीक्षा समाप्त हुनसक्छ ।

एनडीपीएसको विशेष अदालतले बुधबार शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकामाथि आफ्नो निर्णय सुनाउनेछ । आर्यन यतिबेला आर्थर रोड जेलमा छन् । १४ अक्टोबरको सुनुवाईपछि न्यायाधीश वीवी पाटिलले जमानत याचिकामाथि आफ्नो निर्णय सुरक्षित गरेका थिए ।

उदाउँदै गरेकी नायिकासँग नसाको विषयमा आर्यनको च्याटः

यसैबीच एक भारतीय सञ्चार माध्यमले आर्यन खानले बलिउडकी एक उदाउँदै गरेकी नायिकासँग च्याट गरेको पनि नारकोटिक्स कन्ट्रोल ब्यूरोले जानकारी दिएको छ । उक्त च्याटमा नशाको विषयमा कुराकानी भइरहेको थियो । अदालतमा बहसका बेला एनसीबीको समूहले आरोपीको जुन च्याट अदालतलाई सुम्पिएको छ त्यसमा आर्यनसँग यी नायिकाको च्याट पनि समावेश छ । यसका साथै आर्यनले केही लागुऔषध कारोबारीसँग गरेको च्याट पनि अदालतलाई सुम्पिइएको थियो ।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले अदालतमा आर्यन खानलाई जमानत नदिने विरुद्ध आफ्ना तर्क पेश गरेको थियो । अदालतमा दुबै पक्षबीच लामो बहस चलेको थियो । एनसीबीले आर्यनको अन्तरराष्ट्रिय लागुऔषध कारोबारीसँग सम्बन्ध भएको बताएको थियो । एनसीबीका अनुसार यो निकै ठूलो षड्यन्त्र हो जसको अनुसन्धान हुन आवश्यक छ । आर्यनले अरबाजसँग ड्रग्स लिने गर्दथे ।

यस्तै, आर्यन खानका वकिल अमित देसाईले स्टारकिडको गिरफ्तारीलाई आधारहीन बताएको छ । आर्यनबाट कुनै लागुऔषध र पैसा नभेटिएको उनका वकिलले बताएका छन् । आर्यनका वकिलका अनुसार जुन व्यक्तिले आर्यनलाई पार्टीमा बोलाएका थिए ती पक्राउ परेका छैनन् । आर्यनको मुनमुन धमेचासँग कुनै सम्बन्ध छैन ।

कसरी भएको थियो आर्यन खानको गिरफ्तारी ?

आर्यन खानलाई एनसीबीले २ अक्टोबरमा पक्राउ गरेको थियो । मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शिपमा हुने ड्रग्स पार्टीमा आर्यन खान समावेश हुँदै थिए । यसअघि क्रुज शिपमा एनसीबीले आर्यन खान, अरबाज मर्चेन्ट, मुनमुन धमेचासमेत ८ जनालाई पक्राउ गरेको थियो । यद्यपि, आर्यनबाट कुनै ड्रग्स पाइएको थिएन । बीजेपीसँग जोडिएका नेताले एनसीबीलाई क्रुजमा हुने ड्रग्स पार्टीको जानकारी दिएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप