बेमौसमी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ३१ जना सम्पर्क विहीन

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । कार्तिक १ गते देखी लगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।
प्रदेश–१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको छ । बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । ३१ जना सम्पर्क विहीन छन् । सम्पर्क विहीनहरूको खोजी भइरहेको एसएसपी कुँवरले बताए । डोटी जिल्लामा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । बैतडीमा ३ जना, डडेलधुरामा २ जना, कालिकोटमा १ जना, धनकुटामा ६ जना र सुनसरीमा दुई जनाको मृत्यु भएको छ । मनसुनका कारण इलाममा २ जनाले ज्यान गुमाएका छन् ।
गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्थापित बनेका छन् । प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाको भनाइ छ । नेपालमा असोज ३१ देखी पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
-
साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु